पर्सा- पर्सामा आफ्नै ससुराको हत्या अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका(७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या अभियोगमा उनकै ज्वाइँ वीरगन्ज १० प्रगति टोल बस्ने बारा कलैया उपमहानगरपालिका १ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफ पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरूबिच विवाद भएपछि साजनले सीताराममाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका सीतारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।


