सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। योसँगै छापावाल सुन आज १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४६० डलर र चाँदी २७।६६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।