अत्तरिया – कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक हाटबजार परिषरमा विरुवा रोपिएको छ । मंगलबार कृषि उपज थोक बजार समितिले बजार परिषरमा विभिन्न प्रजातीका विरुवा रोपेको हो ।
कृषि उपज थोक बजार समितिका अध्यष नन्दलाल भट्टले कृषि हाटबजारभित्र पर्यावरणलाई सहयोग गर्न विभिन्न जातका विरुवाहरु रोपिएको बताए । उनले समी, धुप, बाह्रमासे फुल लगायतका विरुवाहरु रोपि हाटबजार भित्र मिनि बगैचाको संरचना निर्माण गरिने बताए । उनले हाटबजार भित्र प्रवेश गर्न व्यापारीहरुलाई देख्नमा पनि आर्कषक देखिने गरी करिब ४०० विरुवाहरु रोपिने बताए ।
त्यसअघि एक औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो । समितिका अध्यक्ष नन्दलाल भट्ट को सभापतित्वमा आयोजित औपचारीक कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा नगरप्रवत्ता एवम् वडा नं। १ का वडाध्यक्ष गोपाल दत्त भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले हाटबजारका समस्याहरुका बारेमा नगरपालिका सहयोगका लागि तत्पर रहेको बताए ।
विभिन्न प्रजातीका विरुवा रोपिए कृषि हाट बजारमा
विभिन्न प्रजातीका विरुवा रोपिए कृषि हाट बजारमा
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु