मकवानपुरमा अरिंगालले टोकेर एक युवकको मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका(५ छापडाँडाका ३२ वर्षीय सुमन गोलेको बिहीबार बिहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरदेखि १ किलोमिटर दक्षिण छिमेकीको बारीमा काम गर्ने क्रममा बुधबार उनलाई अरिंगालले टोकेको थियो ।
घाइते गोलेलाई उपचारका लागि काठमाडौँको फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो ।
उपचारका क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


