बीपी राजमार्गमा बलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बीपी राजमार्ग अन्तर्गत सिन्धुली खुर्कोट खण्डको कनपा २ चियावारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
गोलञ्जोर गाउँपालिका वडा नं ६ नाकाजोलीबाट सिन्धुलीमाढी आउँदै गरेको बा२०च ८२८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमै पल्टेको स्थानियले जनाएका छ्न् । बोलेरोमा सवार गोलञ्जोर गाउपालिका वडा नम्बर ६ का वडा सदस्य उदय मस्र्यांगी मगर र सोहि ठाउँका पृथ्वी भुजेलको घटनास्थलमै मृत्यु भएको हो भने सोहि ठाउँका पवन मस्र्याङगीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । पाँच जनाको अवस्था मध्यम र अन्य चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गम्भिर घाइते दुई जनालाई सिन्धुली अस्प्तालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइते हुनेमा गाडी चालक टिकाजंग राई र हिमाल परियारलाई धुलिखेल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
दुर्घटनामा परि घाइते हुनेहरुमा गोलञ्जोर गाउँपालिका ६ का उदय लुंगेली मगर, मेनुका मगर, जिना श्रेष्ठ, धनमाया वाईवा, लिला मगर, समिना मगर, बन्दना कोईराला, राजन प्रसाद कोईराला र कमलामाई नगरपालिका वडा नं ५ की डम्बर कुमारी कार्की रहेको एसपी काफ्लेले जानकारी दिए ।


