कञ्चनपुर- कञ्चनपुरमा झण्डै ४ लाखको अवैध सामान बरामद गरिएको छ । प्रहरीले करिब ३ लाख ७२ हजार ९ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कर्याल धनगढी र प्रहरी चौकी सुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले अन्दाजी ३ लाख ३१ हजार ५ सय र अस्थायी प्रहरी पोष्ट बिट मझगाउँले १४ हजार ४ सय मूल्य बराबरको बल चुरोट, कफी लगायतका सामान सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
।


