धनगढीः कैलालीमा २ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएका् छ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह, धनगढी– ९ त्रीवेणीघाट, भजनी नगरपालिका– ८ बदलाचोक र टीकापुर नगरपालिका–७ सुनुवाफाटाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ५९ हजार ८१५ मूूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त मूूल्य बराबरको प्याज लसुन चिनी बिडी सुर्ती भाडा बर्तन पानीपुरी सरप बस ईन्जन रिङ बस ईन्जन क्लोज प्लेट, बस ईन्जन रिङ टाप लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसेअवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।