काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा आयोजक नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हरायो । नेपालका लागि खेलको २४ औं मिनेटमा निराजन धामीले गोल गरे । जीतसँगै नेपालले समूहएु मा ३ अङ्क जोडेको छ ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह बीु का भारत र भुटान खेल्दैछन् । आजदेखि शुरू भएको प्रतयोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ुएु मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बीु मा भारत, माल्दिभ्स र भुटान छन् ।