रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको राप्ती सेनारी गाउँपालिका ५ घर भएका २३ वर्षीय माने सार्की छन् ।
उनी सियारी गाउँपालिका ७ अमुवास्थित एमबीजी कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए । उनको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित बिजुलीको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।