कर्णाली प्रदेशमा हिजो बिहानदेखि बिजुली अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनको बबई नदी नजिकै निकुञ्ज क्षेत्रभित्र तार चुँडिएर बिजुली अवरुद्ध भएको हो ।
मर्मतको काम भइरहेको र मर्मत सकिनासाथ बिद्युत सेवा सञ्चालन हुने विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसयद यादवले बताउनुभयो ।
विद्युत सेवा अवरुद्ध भएपछि कर्णाली प्रदेश क्षेत्रका टेलिफोन टावर, एफ एम रेडियो, पत्र पत्रिका तथा दैनिक सञ्चारका साधनहरु बन्द हुन थालेका छन् ।