धनगढी – कैलालीको धनगढीबाट बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ मा बसोबास गर्दै आएका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका हुन।
धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित बहिनीको कोठामा १७ वर्षीया आफ्नै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक तिमिल्सेना माथि लागेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले गत बिहिवार शिक्षक तिमिल्सेनाले बाल यौन दुरुपयोग गरेको भन्दै उजुरी परेको जनाएको छ।
बाजुराको त्रिवेणी नगरपालिका–७ स्थायी घर भएका तिमिल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक हुन। प्रहरीले जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।