• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, जेठ ०७, २०८२ | Tuesday 20th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
  • २२ घण्टा अगाडि

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
  • २३ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
  • २३ घण्टा अगाडि

कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
  • २३ घण्टा अगाडि

सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए
  • १ दिन अगाडि

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण
  • १ दिन अगाडि

देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
  • १ दिन अगाडि

बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
  • २ दिन अगाडि

सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ
  • २ दिन अगाडि

डाक्टर पनि बेरोजगार 

  •  संवाददाता
  • बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् ।

    मणिपाल मेडिकल कलेजबाट एमबिबिएस पास गर्नुभएकी निष्मा शाक्य ९नाम परिवर्तन० ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिएको धेरै भयो । उहाँले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सक्नुभएन । त्यसबाहेक निजी अस्पतालमा समेत आफ्नो बायोडाटा छाड्नुभएको छ तर कुनै पनि अस्पतालले उहाँलाई बोलाएका छैनन् ।

    केही महिनाअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा करार सेवाका लागि आवेदन दिँदासमेत उहाँले रोजगारी पाउनुभएन । शाक्यले भन्नुभयो, “बुझ्दै जाँदा थाहा भयो, वीर अस्पतालमा पहुँच भएकाले मात्र रोजगारी पाउने रहेछन् । पहुँच नहुनेलाई वीर अस्पतालमा मात्र होइन, कुनै पनि सरकारी अस्पतालमा जागिर पाउनै मुस्किल रहेछ ।”

    उहाँले वीर अस्पतालबाहेक त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, मनमोहन कार्डियो थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर, भक्तपुर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका सरकारी अस्पतालमा करारका लागि फाराम भर्दा नाम निस्केन । शाक्यले भन्नुभयो, “मेरै साथीको राजनीतिमा पहुँच थियो, उहाँले राजनीतिक पहुँच लगाएर सहिद गङ्गालाल हृदय केन्द्रमा काम गरिरहनुभएको छ ।” यसबाहेक निजी क्षेत्रका केही अस्पतालमा गएर रोजगारीको कुरा गर्दासमेत पहुँचवालाकै बोलवाला हुने गरेको अनुभव छ ।

    निष्मा शाक्य मात्र होइन, एमबिबिएस तथा एमडी पास भएका धेरै डाक्टरको पीडा यस्तै छ । नेपालमा डाक्टर अध्ययन पूरा गरेका तर राजनीतिक पहुँच नभएका सयौँ डाक्टर बेरोजगार छन् ।

    काम पाए पनि तलब छैन

    यस्तै एम शाह जडीबुटीमा बस्नुहुन्छ । छ महिना कुरेर बल्लतल्ल सानो निजी अस्पतालमा काम गरिरहनुभएको छ तर उहाँलाई अस्पतालले काम अनुसारको तलब सुविधा उपलब्ध गराएको छैन । डा। शाहले उक्त अस्पतालले आफूलाई २४ सै घण्टा काममा लगाएर मासिक ३२ हजार रुपियाँ मात्र उपलब्ध गराएको बताउनुभयो ।

    शाहले भन्नुभयो, “डाक्टर अध्ययन गरिसकेपछि बाबुआमालाई कमाएर देओस् भन्ने हुन्छ, काठमाडौँमा बसेर ३२ हजार तलबले रोजीरोटी धान्नसमेत कठिन छ ।” शाहलाई अस्पतालले हप्तामा चार दिन २४ सै घण्टा काममा लगाउने गरेको छ । उहाँले भन्नुभयो, “यो जागिर खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार जस्तो भएको छ ।” डा। शाहले एमडी अध्ययनका लागि एक वर्षको अनुभव चाहिने भएकाले एक वर्षसम्म निजी अस्पतालले काममा दलाइरहने बताउनुभयो ।

    मेडिकल काउन्सिलका प्रवक्ता डा। सतिशकुमार देवले चिकित्सा आयोगको नियमले गर्दा एमबिबिएसपछि अनिवार्य एकवर्षे अनुभव भएकालाई मात्र एमडी अध्ययन गर्न दिने नियम रहेको बताउनुभयो । खासमा एक वर्षको अनुभव चाहिँदैन, डा। देवले भन्नुभयो, “वास्तवमा एकवर्षे अनुभव खोजिँदा धेरै डाक्टर पीडित भएका छन् ।” सरकारी अस्पतालमा जागिर पाउँदा त सरकारी नियम अनुसारको तलब, सुविधा पाउँछन् तर निजी अस्पतालले एकवर्षे अनुभवको फाइदा लिएर श्रम शोषण गरिरहेका छन् ।” छिमेकी मुलक भारत, बङ्गलादेशलगायतका अन्य देशमा एमबिबिएसपछि एमडी अध्ययन गर्नका लागि अनुभव नचाहिने डा। देवको भनाइ छ ।

    वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले वीर अस्पतालमा एमडी गरेका डाक्टर रोजगारीका लागि आउने गरेको बताउनुभयो । उहाँले दरबन्दीबाहेकका कुनै पनि डाक्टरलाई राख्न नमिल्ने भन्दै काठमाडौँ उपत्यकामा एमडी गरेका सयौँ डाक्टर बेरोजगार रहेको बताउनुभयो । एमडी गरेका डाक्टरले उपत्यकाबाहिरका जिल्लामा रोजगारी पाउन सक्ने गरेको जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यकामा भने एमडी गरेका धेरै डाक्टर बेरोजगार रहेको बताउनुभयो ।

    उहाँका अनुसार अर्थोपेडिक, सर्जरी, फिजिसियन, मेडिसिनलगायतका विधामा एमडी सकेका चिकित्सक रोजगारीका लागि आउने गरेका छन् । एमडी सकेका डाक्टरका लागि पहुँचवालाबाट दबाब आउने गरेको स्वीकार्दै उहाँले जति दबाब दिए पनि दरबन्दीभन्दा बाहेकका जनशक्ति राख्न सक्ने स्थिति नरहेको बताउनुभयो । उहाँले गत फागुनमा ३० जना मेडिकल अफिसर करारमा माग गर्दा तीन सय जनाले र केही समयअघि करार सेवामा स्वास्थ्यकर्मी लिँदा आवश्यकभन्दा कैयौँ गुणा धेरैले आवेदन दिएको बताउनुभयो । डा। पौडेलका अनुसार गत वर्ष एक सय नर्स माग गरेकोमा तीन हजार पाँच सयको र चार जना रेडियोग्राफर माग भएकोमा ११० जनाले आवेदन दिएका थिए । उहाँले निजीमा असाध्यै सस्तोमा काममा लगाउने तथा पारिश्रमिक कम दिएका कारण सरकारीप्रति डाक्टरको आकर्षण राम्रो रहेको बताउनुभयो ।

    एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल अफिन का अध्यक्ष डा। पदम खड्काले निजी अस्पतालले एमबिबिएस सकेपछि चिकित्सकलाई सिफ्टमा काम लगाउने गरेको बताउनुभयो । उहाँले जसले एमबिबिएस गर्न ५० लाख खर्च गरेको छ, त्यो व्यक्तिलाई ५० हजार धेरै कम हुन सक्ने बताउनुभयो ।

    नेपाल मेडिकल काउन्सिलको तथ्याङ्क अनुसार हालसम्म ३४ हजार ९१० जना चिकित्सकले एमबिबिएस पास गरेर लाइसेन्स लिएका छन् । तीमध्ये ३० हजार २७ जनाले एमबिबिएस र चार हजार ८८३ जनाले बिडिएस पास गरेका छन् । यसै गरी १० हजार ५८० जनाले विशेषज्ञता हासिल गरेका छन् । तीमध्ये नौ हजार ८२३ ले एमडीरएमएस तथा ७६५ जनाले एमडिएस पास गरेका छन् ।

    • बेरोजगार
    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
    गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
    लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • २.
      गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन

    • ३.
      लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

    • ४.
      कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति

    • ५.
      सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए

    • ६.
      एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

    • ७.
      देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

    • ८.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ९.
      सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ

    • १०.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • १.
      सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव भेटियो

    • २.
      लागूऔषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

    • ३.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ४.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • ५.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • ६.
      कञ्चनुरको कृष्णपुरमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

    • ७.
      सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार

    • ८.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ९.
      कैलालीबाट २५ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद

    • १०.
      पेट्रोलमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँ भाउ घट्यो

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.