• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिम प्रदेश सभा : निजामती सेवा संशोधन विधेयक पारित

  •  संवाददाता
  • शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी, भदौ ७ गते । प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । थारू÷रानाथारू समुदाय र सत्तापक्षकै केही प्रदेश सभा सदस्यको विरोधका बिच उक्त विधेयक पारित भएको हो ।

    थारू/रानाथारू समुदायको समावेशी कोटाप्रति असन्तुष्टि जनाउँदै सत्तापक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य गीता चौधरी र नागरिक उन्मुक्ति पार्टीका उपस्थित प्रदेश सभा सदस्यले सदनमा विरोध जनाउनुभएको थियो ।

    तर सभामुख भीमबहादुर भण्डारीले हुन्न भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मतिले विधेयक पारित भएको घोषणा गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

    नेपालको संविधानमा व्यवस्था भए अनुसार थारू/रानाथारू समुदायको जनसङ्ख्याका आधारमा समावेशी कोटा १८ प्रतिशत हुनुपर्ने माग गरिएको छ । विधेयकमा थारू/रानाथारू समुदायको कोटा १५ प्रतिशत मात्रै राखिएको भन्दै सडक र सदनमा विरोध जनाइएको थियो । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले थारू र रानाथारू दुवै समुदायका गरेर जनसङ्ख्याको आधारमा समावेशी कोटा १७.८२ प्रतिशत हुने गरे विधेयकमा १५ प्रतिशत मात्रै राखिएकाप्रति आपत्ति रहेको जनाउनुभयो ।

    गहिरो रूपमा छलफल नै नगरी हतार हतारमा विधेयक अगाडि बढाइएको उहाँको आरोप छ । विधेयकमा भएको कमी कमजोरी संशोधन गर्नुपर्ने चौधरीको जोड छ । यथास्थितिमा विधेयक पास गरिएकाले विरोध जनाएको उहाँले उल्लेख गर्नुभयो । विधेयक पास गर्नुअगाडि त्यसबारे छलफल गरिएको थियो । छलफलमा प्रदेश सभा सदस्यहरू तुल्सी देवकोटा, शिवसिंह ओली, चक्र मल्ललगायतले भाग लिनुभएको थियो । उहाँहरूले विधेयकको सवालमा उठेका आवाजलाई सम्बोधन गर्नुपर्ने भनाइ राख्नुभएको थियो ।

    छलफलका क्रममा उठेका विषयमा जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीले निजामती सेवा ऐन नहुँदा प्रदेशमा कार्यरत कर्मचारीको वृत्तिविकास सात वर्षदेखि रोकिएकाले प्रदेश सरकारले संशोधन विधेयकलाई अगाडि बढाएको बताउनुभयो । “प्रदेश कर्मचारीको वृत्तिविकास धेरै समयसम्म रोकिनु हुन्न भन्ने प्रदेश सरकारको मान्यता छ,” उहाँले थप्नुभयो, “त्यसैले यो विधेयकलाई सरकारले अगाडि बढाएको छ ।”

    मुख्यमन्त्री कमलबहादुर शाहले थारू र रानाथारू समुदायको जायज मागलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको छ । “तपाईंहरूको जायज माग सम्बोधन हुन्छ,” उहाँले भन्नुभयो, “समावेशिताको सवाल र तपाइँहरूको मुद्दाबाट प्रदेश सरकार टाढा छैन ।” निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट पारित भइसकेपछि थारू र रानाथारू समुदायकै सल्लाहमा समिति गठन गरी प्रतिवेदन तयार पारेर सबै विषयको टुङ्गो लगाइने मुख्यमन्त्रीको भनाइ थियो ।

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.