तनहुँको आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । आबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाण्डौका लागि छुटेको प्रहरीको भनाइ छ । बसमा ४० जना यात्रु रहेको प्रारम्भिक विवरण छ । अहिले आँबुखैरेनीमा रहेको प्रहरी टोलीसहित स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् । बस नदी किनारमा रहेको छ । बसमा भारतीय पर्यटक रहेको खुलेको छ ।
घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


