धनगढी- कैलालीको धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली र कैलारी गाउँपालिका–२ बसौतीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २६ हजार १५० मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त स्थानबाट कुर्ती धोती साडी लेहंगा प्लाजु थान कपडा सिलिङ पङ्खा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र हसुलियाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।


