महिलाका पीडालाई समेटेर हरेक वर्ष गायिका विष्णु माझीले गीतहरु ल्याउने गर्छिन्। जसकारण माझीका गीतको दर्शकहरुमा निकै पखाई हुन्छ। यसवर्ष पनि दर्जनौं तीज गीत सार्वजनिक भए। यद्यपि गीतले विगतमा जस्तो चर्चा पाएनन्। बरू कतिपय गीतको आलोचना भयो।
यस्तोमा लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ रु पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने गरेकी छन्। त्यसैले यसपालि पनि उनको स्वरका प्रशंसकहरू नयाँ गीत पर्खिरहेका थिए।
अन्ततः विष्णु माझीको यसवर्षको तीज गीत युट्युबमा सार्वजनिक भएको छ। यस वर्ष पनि विष्णु माझीको स्वरमा तीज गीत ‘आइनँ आमा यो तिजमा’ बोलको गीत सार्वजनिक भएको हो ।
‘पुतलीको भट्टी भाग २० मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन्। गीतमा तीजमा माइत जान नपाएको कुरालाई समेटिएको छ।
गीतको भिडिओमा मोडल ललिता पौडेललाई देख्न सकिन्छ। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई सुन्दरमणीले निर्देशन गरेका हुन्। शम्भु चालिसेले खिँचेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन्।
विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन्। भ्युजका हिसाबले ‘चरी जेलैमा’ उनको सबभन्दा चर्चित तीज गीत हो।
विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ। युट्युब प्लेटफर्मसहित आइटयुन्स, अमेजन, स्पटीफाइ, एप्पल म्युजिक लगायतमा समेत गीत उपलब्ध छ।