धनगढी- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, धनगढी–१५ कनरी, टीकापुर नगरपालिका–७ डाडाबोजी र गौरीगंगा नगरपालिक–१० उदासीपुरबाट भन्सार छलीका गरि ल्याएका २ लाख ३७ हजार ४० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।
प्याज, चिनी मिश्री सरप साबुन नरिवल, सुर्ती, मिठाई, किसमिस दाल, चक्लेट, मसला, साडी कुर्ती, ब्याट्री १ थान मोटरसाइकल लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो।