कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक टिएफएल लेजर प्रविधिबाट मिर्गौलाको पत्थरीको उपचार सुरु गरेको छ ।
सुदूरपश्चिममै पहिलो पटक अत्याधुनिक प्रविधि TFL( Thulium Fiber Laser) लेजरबाट मिर्गौलाको पत्थरीको उपचार (RIRS) सेवा सञ्चालनमा ल्याएको अस्पतालका सञ्चालक डा. आनन्द पाठकले जानकारी दिए ।
https://www.facebook.com/watch/AttariyaHospital/?ref=embed_video
उनका अनुसार लेजरबाट उपचार गर्दा कुनै घाउ चिरा बिना नै उपचार गरिने, रगत नबग्ने, पिडा नहुने,मिर्गौलालाई कुनै हानी नहुने, र बिरामीलाई सबैभन्दा छिटो निको हुनेछ । टिएफएल प्रविधिबाट उपचार सुरु भए सँगै १ महिनाका लागि विशेष छुटको व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जनाएको छ ।