धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा संसादहरुलाई २ देखि ४ करोडका योजना दिने तयारी गरिरहेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई २ करोड बराबरका योजना दिने तयारी गरिरहेको छ । अन्य प्रदेशहरुकै शैलीमा सांसदहरूलाई प्रत्यक्ष बजेट नदिएर घुमाउरो तरिकाले योजना अनुसार बजेट विनियोजन गरिदैं छ ।
५३ सदस्यीय प्रदेशसभामा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक सांसद छन् । प्रत्यक्ष निर्वाचित सांसदका लागि १ अर्ब २८ करोड र समानुपातिकका लागि ४२ करोड छुट्याएर सांसदहरूका योजना समावेश गर्ने तयारी भइरहेको सत्तारूढ दलका एक सांसदले बताए ।
विगतमा सांसदहरूले स्वैच्छिक रूपमा योजना र रकम छनोट गर्न पाउने गरी प्रदेश सरकारले वार्षिक कार्यक्रम पुस्तिकामा एकमुष्ट बजेट विनियोजन गर्दै आएको थियो । गत आर्थिक वर्षमा प्रत्यक्ष निर्वाचित सांसदलाई तीन करोड भाग पर्ने गरी एकमुष्ट ९६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर सर्वोच्च अदालतको आदेशले रोक लगाएपछि उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन ।
बततबचष्थब जयकउष्तब
िसर्वोच्चको आदेशपछि सांसदहरू कुनै न कुनै रूपमा निर्वाचन क्षेत्र विकास कार्यक्रम ब्युँताउन ‘लबिइङ’ मा थिए ।
विधायिकी भूमिकामा रहेका सांसदहरूको तजबिजी चल्ने गरी बजेट छुट्याउँदा दुरुपयोग बढेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले नै औंल्याएको थियो र सार्वजनिक आलोचना पनि हुँदै आएको थियो । सर्वोच्च अदालतको आदेशका कारण विगतमा जसरी निर्वाचन क्षेत्र विकास कार्यक्रम ल्याउन नपाउने भएपछि प्रदेश सरकारले सांसदहरूका योजनालाई बजेट छुट्याउन लागेको हो ।