कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन । मंगलबार बिहान धनगढी उप–महानगरपालिका – ४ उत्तरवेहडी स्थित सहिद गेटबाट शिवनगर तर्फ जादै गरेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा १ जना घाइते भएका हुन ।
धनगढी उपमहानगरपालिका – १ शिवनगरका २९ वर्षीय राम प्रसाद चौधरीले चलाएको बा।८९ प। १०८६ नम्बरको मोटरसाइकल पल्टिदा पछाडि सवार २४ वर्षीय अजय चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको सेती प्रादेशिक अस्पताल धनगढी उपचार भइरहेको प्रहरीले जनाएको छ ।


