अत्तरिया – कैलालीको गोदावरीबाट अपराधिक उपद्रप मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । मंगलबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको अपराध अनुसन्धान समुहको प्रहरी टोलीले गोदावरी नगरपालिका – १२ बाट अपराधिक उपद्रप मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका – १२ का २६ वर्षीय लक्ष्मण भन्ने लाल बहादुर कडायत रहेका छन ।
उनलाई जिल्ला अदालत कैलालीले १८ कैद र २० हजार जरीवाना तोकेको थियो । कडायतलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।