बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले पहिरोले घर बगाएका वडा नम्बर १ परिङ्गालका करन गिरीको परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिका अध्यक्ष वसन्तबहादुर चलाउने वडा अध्यक्ष अम्मरराज थापा सहितको टोलीले बिहीबार उनको घरमै गएर राहत स्वरूप तत्काल चाहिने ग्यास, ओछ्यान, खाने कुरा लगायतका सामग्री प्रदान गरेको हो ।
गत वर्ष असोजमा आएको भूकम्पले घर चर्किएपछि उनको ६ जनाको परिवार अस्थायी टहरोमा बस्दै आएको थियो । बुधबार राति पहिरोले उक्त टहरोसँगै ३८ वर्षका करनलाई पनि बगाएको थियो । पहिरोले सेती नदीमा बगाएका उनको स्थानीय र प्रहरीले राति नै उद्धार गरेका थिए ।
गाउँपालिका अध्यक्ष चलाउनेले तत्कालको लागि आवश्यक सामग्री प्रदान गरिएको र एकरदुई दिनमा बस्नको लागि अस्थायी टहरा पनि निर्माण गरिने बताएका छन् ।


