मर्मत कार्यका लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतका लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थियो ।
हेलिकोप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए ।
हेलिकोप्टरमा कुनै यात्रु वा सामान थिएन । “घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले भन्नुभयो । टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ,” चौबेले थपे ।
भारतीय सञ्चारमाध्यमका अनुसार केस्ट्रेल एभिएसनको यो हेलिकप्टर मर्मतका लागि वायुसेना एमआई(१७ को विमानद्वारा एयरलिफ्ट गरिएको उडाइएको थियो ।
तर हावा र हेलिकप्टरको तौलका कारण एमआई(१७ विमानको सन्तुलन बिग्रियो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।