बाजुरा – बाजुराका ६९ वडामध्ये ५७ वटा वडाका बासिन्दा विद्युत् सेवाबाट बञ्चित रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले १२ वटा वडामा मात्रै प्रशारण लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाजुराका नौ वटा पालिका मध्ये गौमुल गाउँपालिकामा मात्र विद्युत् सेवा विस्तार हुन बाँकी देखिन्छ । तर पालिकाको कुनै एउटा वडालाई मात्र छोएर प्राधिकरणले पालिकामा विद्युतीकरण भएको प्रतिवेदन बनाए पनि बाजुराका ५७ वटा वडामा विद्युत् सेवा नपुगेको हो ।
बाजुरामा राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही चार हजार चार सय ८३ ग्राहक रहेका छन् ।