धनगढी- कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका ५ तारानगरस्थित गोपीकृष्ण जोशीको घरमा भाइब्रेसन मेसिन चलाउने क्रममा कैलारी गाउँपालिका ६ का ३२ वर्षीय चन्द्र चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लागि घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लग्ने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।
करेन्ट लागेर मृत्यु भएका चौधरीको सब सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।