• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • २ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • २ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • २ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • ९ घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • १० घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • ११ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • ११ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • २२ घण्टा अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • २२ घण्टा अगाडि

पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

  •  संवाददाता
  • मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवम् महामारी रोगका फोकल पर्सन नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो ।
    मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो फोकल पर्सन श्रेष्ठले भन्नुभयो ।

    नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भन्नुभयो,हामीले मृतकको उपचार गर्न समय पाएनौँ । मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले निजहरुको मृत्यु भएको पुष्टि गरेको उहाँले बताउनुभयो ।

    यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिनुभयो । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

    शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिँदै भन्नुभयो,एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो । उहाँले एकैदिन तीन जनाको मृत्यु नभएको जानकारी दिनुभयो ।

    स्वास्थ्य शाखा प्रमुख शाहले मृतकका आफन्तले समयमा उपचार नगराएका भन्दै परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको बताउनुभयो । “समयमै जाँच गरेको भए रोग पहिचान भइएर उपचार हुन्थ्यो उहाँले भन्नुभयो, परिवारको लापरबाहीले गर्दा अकालमा ज्यान गएको छ । चेतनाको कमीले गर्दा यस्तो घटना भएको हो ।

    नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडापखाला फैलिएको जानकारी पाउनेबित्तिकै आवश्यक औषधिसहितको टोली परिचालित गरिएको बताउनुभयो । गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख राइनले भन्नुभयो महामारीका रुपमा फैलिएको हो कि भनेर पालिकाले स्वास्थ्य शिविर आयोजना गरी परीक्षण गरेको छ । शिविरमा आएकामध्ये अधिकांशमा अधिकांश ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिए पनि यो समस्या मौसम परिवर्तनका कारण भएको हो ।” सोमबारको शिविरमा दुईजनामा झाडापखाला पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

    नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचाररत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अङ्गत शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ ।

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ५.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ६.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ७.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ८.
      विद्यालय शिक्षा विधेयककाे प्रतिवेदन समितिमा पेश

    • ९.
      सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ

    • १०.
      कैलालीमा हावाहुरीका कारणले रूख ढलेर गम्भीर घाइते शिक्षकको मृत्यु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.