कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बेलौरी नगरपालिका– ७ पौलाहबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ९८ हजार ३०० मूल्यको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
पेय पदार्थ, बिडी, भारतिय नम्बर प्लेटको मोटरसाइकल १ थान लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।