कैलाली –कैलालीमा लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ७ गोलौरीबाट सोही स्थानमा बस्ने १९ वर्षका रबिन चौधरी र १९ बर्सिया राजेन्द्र महत्त्व पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पैदल यात्रा गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा रविन चौधरीले लगाएको पाइन्टको खल्तीमा लुकाई राखेको ९२४ मिलिग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने ठुलो पदार्थ फेला पारी बरामद गरिएको प्रहरीको दाबी छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले बताए ।


