• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

सरकारले निर्माणमा चासो नदिएपछि श्रमदानमा जुटे स्थानीय

  •  संवाददाता
  • सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली । सुदूरपश्चिमको अछामसहित कर्णालीका आधा दर्जन जिल्ला पुग्न प्रयोग गरिने छोटो सडकको अवस्था जर्जर बनेको छ । सडक यातायातको पहुँच भन्दा पहिले कैलालीको कटासे र बर्दियाका राजापुरबाट हटारुहरूले प्रयोग गर्दै आइरहेका चिसापानी ९सोल्टा सडक दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको हो ।

    २०४८ सालदेखि सुरु भएको सडक निर्माणको काम ४८ किलोमिटर पनि पुरा भएको छैन । सुर्खेत, दैलेख कालिकोट, जुम्ला, हुम्ला , अछाम, मुगुसम्म अहिले पनि छोटो मार्गको रूपमा यही सडक प्रयोग गर्दै आइरहेका छन् । तर, सडकको अवस्थाले जोखिम बढाएपछि सडक सुधार गर्न स्थानीय जुटेका छन् ।

    सरकारले निर्माण गर्ने सडक स्तरोन्नती पनि नगरेपछि नेकपा एमालेको अगुवाइमा सडक निर्माणका लागि दबाब दिन कैलालीको चिसापानी सोल्टा सडक खण्ड मर्मत अभियान थालिएको छ ।

    आँखामा पट्टी कानमा तेल हालेर बसेको स्थानीय र प्रदेश सरकारको आँखा कान खोल्नका लागि दबाब स्वरूप उक्त सडक खण्ड मर्मत गरिरहेको एमालेका युवा नेता वीरेन्द्र बहादुर रावलले जानकारी दिए ।

    शनिवारदेखि सुरु भएको अभियानमा सयौँ स्थानीयहरूले सडकमा ढुङ्गा मिलाउने, पहिरो आएको स्थानमा पहिरो हटाउने, जेसिभिको प्रयोग गर्दै साँघुरो ठाउँलाई खुल्ला गराउने काम अन्तिम चरणमा पुगेको उनले बताए ।

    ‘स्थानीय सरकार र प्रदेश सरकारले आफ्नो जिम्मेवारीमा चासो नदिएपछि हामीले दबाब दिन यस्तो अभियान थालेका हौँ,’ उनले भने ‘स्थानीयको यो सक्रियताले सरकारलाई दबाब पनि पुगेको छ, सडक सुधार पनि भएको छ ।’

    सडक सुधारको लागि एमाले प्रदेश कमिटी सदस्य तथा नितर्तमान जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापाले जेसिभि उपलब्ध गराएका थिए ।पहिलो चरणमा कुइनेसम्मको ७ किलोमिटर सडक सुधारको काम जारी रहेको उनले बताए ।

    मर्मत नहुँदा सवारी साधन सहज रूपमा चलाउन नसकिएको, दुर्घटनाको जोखिम बढेको र यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यताको अन्त्य गर्न जनश्रमदान मार्फत सडक मर्मत गर्न लागिएको उनले बताए ।

    ‘ विभिन्न जिल्लावासीहरूले छोटो बाटोको रूपमा प्रयोग गर्ने यो सडक सरकारले बनाउनु पर्ने हो । हामीले प्रदेश र स्थानीय तहको सरकारलाई ध्यानाकर्षण गराउन र तत्काल सवारी साधनलाई सहज होस् भन्न श्रमदान अभियान सुरु गरेका हौँ,’ थापाले भने ।

    प्रत्येक वर्ष बजेट विनियोजन भएर पनि प्रभावकारी काम नभएपछि यस सडकमा जोखिम मोलेर यात्रु यात्रा गर्न बाध्य छन् । सामान्य झरीले पनि पहिरो जाने र त्यसपछि सडक अवरुद्ध हुने गर्दछ ।

    कैलालीबाट कोहलपुर हुँदै सुर्खेत सदरमुकाम वीरेन्द्रनगर पुग्न करिब ६ घण्टा लाग्छ भने यो सडकबाट आधा समयमा वीरेन्द्रनगर पुग्न सकिन्छ । अछाम सदरमुकाम मङ्गलसेन पुग्न पनि झन्डै यो सडकबाट आधा दुरी काम हुन्छ । श्रमदानमा जुटेका युवाहरूले तत्काल तीनै तहको सरकारले पर्याप्त बजेट विनियोजन गरेर सडक पूर्णरुपमा कालोपत्रे गर्नुपर्ने माग राखेका छन् ।

    सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.