कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीहरुले आइतबार सर्वोच्च अदालतमा हालेको रिटमा आज सोमबारको लागि पेशी तोकिएको छ। निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।
सरकारले रकम नदिदा कोरोना बीमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन्। कम्पनीहरूको रिट निवेदनमाथि सोमबार बिहान १० बजेको लागि पेशी तोकिएको छ।
सरकारले कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ ।
हाल बिमितले कोरोना बिमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ।