मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि आंशिक बदली छ । देशका पहाडी भागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान बाग्मती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा भएको छ । आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु धेरै ठाउँमा मौसम सफा नै रहने अनुमान रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार बेलुका काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा छिटपुट पानी पर्ने सम्भावना छ ।
यस्तै आजराति कोशी मधेश बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।