कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका–१० चक्मेलीघाट, भजनी नगरपालिका–५ लालबोझी र भजनी नगरपालिका–९ कुडीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९ हजार ४ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको प्याज चिनी नरिवल साडी कुर्ता सुरवाल सुटपिस, फलफुलका बिभिन्न बोटबिरुवाहरु लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।