अभिषेक विष्टद्वारा लिखित ‘सुइना’ नामक उपन्यासको लोकार्पण समारोह सम्पन्न भएको छ। १७ बर्षको उमेर देखि नै साहित्य तिर कलम चलाएका युवा लेखक अभिषेक विष्टको पहिलो उपन्यास हो। समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्व मन्त्री जयन्त चन्दले लेखकलाई बधाई दिँदै ‘सुदूरको सान बन्नुहोस्’ भन्दै शुभकामना व्यक्त गरे।
कार्यक्रममा विशेष अतिथिहरूमा मदन पुरस्कार प्राप्त लेखक विवेक ओझा, समीक्षक पवित्रा दाहाल, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत उपस्थित थिए ।
पुस्तकको समीक्षा गर्दै दाहालले भनिन्, रोजगारीको खोजीमा भारत ” बम्बै” पलायन हुने सुदुरपस्चिमको गाउघरको कथा र त्यस्ले निम्ताएको ब्यथालाई उपन्यास सुइनामा समेटेको छ। निम्न बर्गिय परिवारको जीवनस्तर र सङघर्सलाई केलाएको छन भने युवा मनोबिज्ञानलाई समेत समेटेको छन। उनले थप्दै भनिन मेरो खस भाषाप्रति रुचि यस कृति ले जगायो। खस भाषा भरपुर प्रयोग गरिएको यस उपन्यास ’ सिमल बुक पब्लिकेशनद्वारा प्रकाशित भएको हो।
यस लोकार्पण कार्यक्रमको सञ्चालन साहित्यकार सिर्जना शर्माले गरेकी थिइन् ।