अत्तरिया – सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्थलको गेटमा होर्डिङ बोर्ड टाँसेको छ । संघर्ष समितिले विभिन्न ५ बुँदे माग राख्दै एयरपोर्टको गेटको दुवैपट्टि होर्डिङ बोर्ड टाँसेको हो ।
होर्डिङ बोर्डमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक चालु संसद् अधिवेशनबाट पारित गर ६ सय शय्याको अस्पतालका लागि बनेका संरचनामा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गर सुदूरपश्चिम प्रदेशमै मेडिकल पढाई कहिले पढ्न पाउने माग लेखिएका छन ।
यस्तै तत्काल गेटामा मेडिकल पढाई हुने व्यवस्था गर देशका ६ वटा प्रदेशमा २५ वटा भन्दा बढी मेडिकल कलेज प्रतिष्ठान हुँदा सुपमा एउटा पनि नहुनुको दोष कसलाई दिने भनेर प्रश्न पनि गरिएको छ ।
संघर्ष समितिका संयोजक लोक राज पाण्डे आगो ले सुदूरपश्चिममा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि भइरहेको आन्दोलनका कार्यक्रम अन्तरत एयरपोर्टको गेटमा बोर्ड लगाइएको बताए । उनले सुदूरपश्चिमबाट प्रधानमन्त्री मन्त्री भएकाहरुबाटै बेवास्ता गरिएको बताए ।