डोटीः डोटीमा पहिरोले च्यापिएर श्रीमान–श्रीमती घाइते भएका छन्।
जिल्लाको बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी श्रीमती ४० वर्षीया भागरथी जेठारा घाइते भएका छन्।
हिजोराति भएको अविरल वर्षाले घरमाथि खसेको पहिरोमा पुरिएर उनीहरु घाइते भएका हुन। सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी भीमलाल भट्टराईले बताए। भट्टराईका अनुसार श्रीमानको अवस्था सामान्य छ भने श्रीमतीको अवस्था गम्भीर छ।