अत्तरिया – बिहीबार देखिको लगातारको वर्षाले कैलालीको गोदावरीमा ४ घर भत्किएका छन् । शुक्रबार लगातारको वर्षाले गोदावरी नगरपालिका – १ र ११ मा ४ घर भत्किएका हुन ।
लगातारको वर्षाका कारण गोदावरी नगरपालिका – १ वसन्तपुरको आदर्श टोलकी कलावती भट्टको घर भत्किएको वडा सदस्य गम्बिर साउँदले बताएका छन् । घर भत्किएपछि उनलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
यस्तै लगातारको वर्षाले गोदावरी नगरपालिका – ११ गणेश मन्दिरमा रहेको नवराज पनेरुको घर भत्किएको छ । टिन र ढुङ्गाले बनेको कच्ची घरको दिवाल भत्किएपछि उनलाई आफन्त लाल मणी पनेरुको घरमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
यस्तै वडा नम्बर ११ गणेश टोलका देवराज ढोली र जोगी दमाइको घर पनि लगातारको वर्षाले भत्किएको छ । घर भत्किएपछि देवराजको परिवारलाई आफन्त राधिका ढोली र जोगीको परिवारलाई आफन्त मधुरा दमाइको घरमा सारिएको प्रशासनले जनाएको छ ।