• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, कार्तिक ३०, २०८२ | Saturday 15th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ४ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ४ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • ४ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउदै

  •  संवाददाता
  • सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एकै वर्षको बजेट वक्तव्य दुई पटक प्रस्तुत गरेर नौलो अभ्यास गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने भएको छ । बजेटको तयारी पूरा भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । दुई महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ ।

    प्रदेशसभा बैठकको कार्यक्रमअनुसार सोमबार सुरुमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले गत असार १ मा प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी विधेयक फिर्ता लिनेछन् । त्यसपछि वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्नेछन् । बजेट टेबल गरिसकेपछि मन्त्री थापाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।

    ‘यसअघि पेस भएको बजेट छलफलमै गएन । तसर्थ उक्त बजेट फिर्ता लिएर आर्थिक मामिलामन्त्रीले नयाँ बजेट वक्तव्य प्रस्तुत गर्नुहुनेछ,’ सचिव झलकराम अधिकारीले भने, ‘अघिल्लो सरकारले ल्याएकै अंकमा बजेट ल्याउन लागिएको छ ।’ यसअघि ३१ अर्ब ६२ करोडको बजेट पेस गरिएको थियो ।

    नयाँ बजेट निर्माणका क्रममा चार वटा आधार तयार गरिएको मुख्यमन्त्री शाहले जनाए । २५ लाखभन्दा माथिका योजना राख्ने, आवश्यकता र औचित्यका आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भए कार्ययोजनासहित ससर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरिएको मुख्यमन्त्री शाहको भनाइ छ ।

    यसअघि दीर्घबहादुर सोडारी नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकारले असार १ मा प्रदेशसभामा प्रस्तुत गरेको बजेट छलफलमै जान नसकेर अलपत्र परेको थियो । सोडारी नेतृत्वको सरकार ढलेपछि साउन २१ मा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकार गठन भएको छ । यही सरकारले नयाँ बजेट ल्याउन लागेको हो ।

    मुख्यमन्त्री शाहले चार वटा आधार तयार गरेर बजेटलाई पारदर्शी बनाउने बताए पनि विगतमा सांसदहरूलाई योजनाका लागि बजेट दिने कार्यक्रमलाई वर्तमान सरकारले घुमाउरो बाटोबाट समावेश गर्ने भएको छ । विगतमा जस्तो निर्वाचन क्षेत्र विकास कोष ९सांसद कोष० नाम नदिए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबर रकम विनियोजन गरेर सरकारले योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । सरकारले सांसदहरूको सिफारिसका योजनाका लागि एक अर्ब ७० करोड विनियोजन गरेको जनाएको छ । ‘प्रभावशाली सांसदहरूका त त्योभन्दा बढी बजेटका योजना पनि समावेश भएका हुन सक्छन्,’ एक मन्त्रीले भने ।

    चार महिनासम्म बजेट शून्यतामा रहेको सुदूरपश्चिममा बजेटका कारण चौतर्फी असर परेको सरोकारवाला बताउँछन् । विगतका वर्षमा असार १ मा बजेट आएर साउन १ देखि कार्यान्वयनमा जाने अवस्था थियो । तर यस वर्ष अहिलेसम्म सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प छन् । कर्मचारीहरूले तलब पाएका छैनन् भने प्रदेश सरकारका सम्पूर्ण कार्यालयका दैनिक प्रशासनिक कार्य पनि उधारोमा चलिरहेका छन् ।

    बजेट दुई महिना ढिला हुँदा यसको कार्यान्वयनमा गम्भीर असर पर्ने स्वयं सांसद बताउँछन् । ‘असारमै बजेट आएको भए दसैंअघि कार्यक्रम कार्यान्वयनका सम्पूर्ण तयारी हुन्थे,’ पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद प्रकाश देउवा भन्छन्, ‘अब त मंसिरतिर बल्ल बजेट कार्यान्वयनको प्रक्रिया सुरु हुने देखिन्छ ।’

    बजेट शून्यताकै कारण कृषि क्षेत्र प्रभावित भइसकेको छ । विगतका वर्षमा कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएपछि बाजुराको स्याउ धनगढीलगायत सहर पुग्थ्यो । तर यसपालि बाजुराका किसानले लटरम्म फलाएका स्याउ ढुवानी हुन सकेको छैन । ‘विगतमा प्रदेश सरकारअन्तर्गतको कृषि ज्ञान केन्द्रले ढुवानीमा सहयोग गर्थ्यो । तर यसपालि बजेट नभएकाले त्यो सुविधा भएन । त्यसैले यहाँका किसानले स्याउ पठाउन सकेका छन्,’ बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले भने ।

     

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.