कञ्चनपुरः कञ्चनपुरबाट ३ लाख बढीका भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–११ चौकिसत्ता र बेलौरी नगरपालिका–६ हात्तिबोझा र नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३ लाख २ हजार ६ सय ७५ मूल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मूल्य बराबरको स्टेसनरी, हाडबेयर, कस्मेटिक, साईकल, किरानाका सामान, मिठाई, जुत्ता, चप्पल, पानी नल्का, पंखाको पाता लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको हो। उक्त सामानलाई प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।