आश्विन २ धनगढी – कैलालीको धनगढीमा भोली बाट सांस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा भोली ३ गतेदेखि ८ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निलगगन सिंहले महोत्सवमा ख्याति प्राप्त कलाकारकारको उल्लेख्य उपस्थिति रहने बताए ।
महोत्सवबाट संकलित रकमबाट राष्ट्रिय संगीत कर्मी गोपाल सुचिकारका छोराको उपचारमा सहयोग गरिने जनाइएको छ ।
महोत्सवमा प्रवेशका लागि एक सय टिकट मूल्य तोकिएको छ भने विद्यार्थीलाई ५० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।त्यस्तै सुदूरपश्चिम सांस्कृतिक महोत्सवलाई भव्य र सभ्य बनाउन सबैको साथ सपोर्ट रहने आयोजकले जनाएको छ।