आश्विन ३ धनगढी – देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधनले आजबाट सुरु हुने सांस्कृतिक महोत्सव स्थगित भएको छ।भाली बाट सुरु हुने सांस्कृतिक महोत्सवमाको सामाजिक विकास मन्त्री मेघराज खड्काद्वारा उद्घाटन हुने भएको छ।
सुदूरपश्चिम सांस्कृतिक महोत्सवमा खुल्ला मञ्चमा भाली चर्चित गायक आशिष महर आउने आयोजकले जनाएको छ। कैलालीको धनगढीमा भोली दिउँसो २ बजेदेखि सांस्कृतिक महोत्सव सुरु हुने भएको छ। राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा भोली ४ गतेदेखि ८ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निलगगन सिंहले महोत्सवमा ख्याति प्राप्त कलाकारकारको उल्लेख्य उपस्थिति रहने बताए ।
महोत्सवबाट संकलित रकमबाट राष्ट्रिय संगीत कर्मी गोपाल सुचिकारका छोराको उपचारमा सहयोग गरिने जनाइएको छ ।
महोत्सवमा प्रवेशका लागि एक सय टिकट मूल्य तोकिएको छ भने विद्यार्थीलाई ५० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।त्यस्तै सुदूरपश्चिम सांस्कृतिक महोत्सवलाई भव्य र सभ्य बनाउन सबैको साथ सपोर्ट रहने आयोजकले जनाएको छ।