कञ्चनपुरः कञ्चनपुरबाट कुखुराको चल्ला लगायत अन्य भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको बिभिन्न स्थान पुनर्वास नगरपालिका–६ ङ गाउँ र बेलौरी नगरपालिका–५ रामनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३४ हजार ६ सय मूल्य बराबरका सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको पेय पदार्थ बिडी सुर्ती अण्डा सुटपिस कुखुराको चल्ला लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।