अत्तरिया- बैतडीको एक पसलमा आगलागी भएको छ । सोमबार राति जिल्लाको मेलौली नगरपालिका(६ लामालेक बजारस्थित रामदत्त भट्टको महारुद्र फेन्सी स्टोर एण्ड आटा चक्की खुद्रा पसलमा आगलागी भएको हो ।
आगलागीबाट पसलमा रहेका लत्ताकपडा आटा चक्की खुद्रा सामान लगायतका सम्पूर्ण सामानहरु गरी अन्दाजी ३५ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।