काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नपाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना निकालेर उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडान नपाइने जनाएको हो ।
ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग नगर्न कार्यालयले भनेको छ । सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने सूचनामा उल्लेख छ ।