धनगढीः कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ।
दुबै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका–१ एलएनचोक, धनगढी–३ मिलनचोक, धनगढी–१२ ‘ए’ गाँउ र गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकबाट अबैध सामान बरामद गरिएको छ।
करिब २ लाख ४३ हजार मुल्यको प्याज, चिनी, पस्ता, साबुन, बिडी, किरानाका सामान, सुर्ती, लेहेङ्गा, कुर्ती, जेन्स कुर्ता पाइजा लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।
उता कञ्चनपुरमा पनि अबैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रम्हदेब, भीमदत्त नगरपालिका–११ भुजेला, बेलौरी नगरपालिका–१० भुडा, दोधारा–चाँदनी नगरपालिका–१० कुटियाकभर र बेलडाँडी गाउँपालिका–४ कान्छी बजारबाट अबैध अबैध सामान बरामद गरिएको हो।


