धनगढीमा रहेको चैतन्य पाठशालाले चैतन्य कला संस्कृति उत्सव २०८१ भव्यताका साथ सम्पन्न गरेको छ। “कला संस्कृति हाम्रो पहिचान , मौलिकता हाम्रो शान” भन्ने विचारलाई आत्मसात गर्दै विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदनप्रदानसँगै संस्कृति उत्सव २०८१ गरेको हो।
धनगढी ५ मा रहेको चैतन्य पाठशाला शौक्षिक, सामाजिक र साँस्कृतिक क्षेत्रहरुमा सक्रिय भएर लागेको देखिन्छ। चैतन्य पाठशालाको चैतन्य कला संस्कृति उत्सव २०८१को सभापतित्वमा पिटीए अध्यक्ष ईश्वर गिरी र प्रमुख आतिथ्यता सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टि एन जोशी रहेका थिए ।
यसैगरी गरि चैतन्य कला उत्सव २०८१ मा ख्याति प्राप्त व्यक्तित्व, कलाकार , पाठशालाका अभिभावक, राष्ट्रिय स्तरका खेलाडी, पत्रकार लगायत पाठशालाका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। पाठशालाकामा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले कला पर्दशन गरेर उपस्थित दर्शकहरुलाई मनोरन्जन गराए ।
चैतन्यले बेला बेलामा गरिरहेका यस्ता सांस्कृतिक उत्सवहरूले विद्यार्थीलाई सामाजिकिकरण हुन सहयोग गर्नुका साथै कला संस्कृति संरक्षणमा पनि ठुलो योगदान पुर्याउने कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टि एन जोशीको भनाई रहेको थियो।
पाठशालाका यस्ता अतिरिक्त क्रियाकलापहरुमा अभिभावक लगायत पाठशालाका शुभचिन्तकहरुबाट मिलेको हौसलाले थप उर्जा दिएको र आगामी दिनमा पनि यस्तै साथ सहयोगको आशा लिएको पाठ शालाका प्रबन्ध निर्देशक गणेश जोशीले बताए।