धनगढी- कैलाली बहुमुखी क्याम्पसले शुलभ शुल्कमा बिएच एम संकमयमा अध्यापन गराउने भएको छ । कैलाली बहुमुखि क्याम्पसमा बिएच एम पढाइ सुरू भएसंगै चर्को शुल्क तिर्न नसकेर अध्ययन गर्न नसकेका विद्यार्थीलाई सहज हुने जनाईएको छ ।
स्वदेश तथा विदेशमा होटेल मेनेजमेन्टका लागि जनशक्तिको उच्च माग भईरहेको अवस्थामा विद्यार्थिलाई शुलभ मुल्यमा अध्यापन गराई रोजगार बन्ने अवसर प्रदान गर्न सो संकायमा पठनपाठन सुरुगरेको जनाईएको छ ।
होटेल मेनेजमेन्ट संकाय संचालनका लागि सुविधा सम्पन्न ल्याब सहित आवश्यक भौतिक संरचना तयार गरिएको कैलाली बहुमुखि क्याम्पसले जनाएको छ ।
विक्रम सम्वत २०३७ सालमा स्थापना भएको कैलाली बहुमुखि क्याम्पसले शुलभ शुल्कमै उच्च शिक्षा प्रदान गर्दै आएको छ । कैलाली बहुमुखी क्याम्पसले हाल सुदूरपश्चिम विश्व विद्यालय संग संबन्धन लगेको छ ।
कैलाली बहुमुखी क्याम्पसले सुलभ शुल्क उत्कृष्ट भौतिक संरचना र हाइ स्ट्यान्डर्ड प्राक्टिकल ल्याबमा व्यवहारिक सिकाईलाई विशेष महत्व दिँदै आएको छ ।