• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, कार्तिक २६, २०८२ | Tuesday 11th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

गेटा विश्वविद्यालयको विधेयक पास गराउनको लागि सभामुख समक्ष आग्रह

  •  संवाददाता
  • बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभाबाट पास गराउन संघीय संसद्का सभामुख समक्ष माग गरिएको छ । बुधवार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।

    संघर्ष समितिले विधेयकको प्रक्रिया अगाडि बढाएर आसन्न संसद् अधिवेशनको पहिलो बैठकबाटै विधेयक पास गराउन पहल गरिदिन आग्रह गरेको थियो ।

    स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा दफावार छलफलका लागि शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिमा पेस भएको तर, समितिमा महिनौँ बितिसक्दा पनि छलफलको प्रक्रिया नै सुरु नभएको ब्यहोरा अवगत गराउँदछौँ’ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ९आगो० र सह–संयोजक आनन्द प्रसाद भट्टको हस्ताक्षर रहेको ज्ञापन पत्रमा भनिएको छ ‘तत्काल सो प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै विधेयकको अन्तिम रूप दिई आसन्न संसद् अधिवेशनको पहिलो बैठकबाटै पास गराउन पहल गर्नुहुनेमा हामी अत्यन्तै आशावादी छौँ ।

    ज्ञापन पत्रमा संघीय राज्य सत्ताबाट पटक–पटक सुदूरपश्चिमबासीप्रति गरिएको विभेद तथा अन्यायको सिलसिलाका रूपमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा भइरहेको ढिलाइलाई बुझेको उल्लेख छ ।

    ज्ञापन पत्र मार्फत सभामुखलाई सुदूरपश्चिमबासीले बिरामी पर्दा छिमेकी मुलुक भारतका विभिन्न सहरका अस्पतालमा गएर चर्को रकम तिरेर उपचार गराउनु परेको र त्यहाँ उपचारभन्दा ठगिनुपरेको उल्लेख छ ।

    ज्ञापन पत्र बुझाउन गएको टोलीमा सहभागी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यले ६ सय शैय्याका निमित्त तयार भएको अस्पतालको संरचनामा हाल ५० शैय्या मात्र सञ्चालनमा आइरहेकोले यथाशीघ्र ३०० शैय्या हुँदै ६०० शैय्याको पूर्ण कालिन अस्पताल सञ्चालनका लागि पनि पहल गरिदिन सभामुख समक्ष माग गरिएको बताए ।

    उनले बुधबार नै संघर्ष समिति मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पनि ज्ञापन पत्र बुझाएको बताए ।

    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.