दशैँको चौथौ दिन आज कुष्माण्डादेवीको पूजाआराधना गरिँदैछ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ ।
नवरात्रमा पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रहृमचारिणी तेस्रो दिन चन्द्रघण्टा चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी सातौँ दिन कालरात्रि आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गर्ने गरिन्छ ।
दशैँ अवधिभर काठमाण्डौ उपत्यकाका मैतीदेवी कालिकास्थान भद्रकाली नक्साल भगवती, शोभा भगवती, विजेश्वरी रक्तकाली श्वेतकाली दक्षिणकाली इन्द्रायणी सुन्दरीमाई, बज्रयोगिनीलगायत शक्तिपीठहरुमा दर्शनार्थीको घुुइँचो लाग्छ ।


