दार्चुला – दार्चुलामा एक किशोरी आफन्तबाटै बलत्कृत भएकी छिन । मदिरा सेवन गरेर ती किशोरी माथि आफन्तबाटै बलात्कार भएको हो ।
किशोरी करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शुक्रबार मालिकार्जुन गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
१६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले बताए। किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडित किशोरीको घर–परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको उनले बताए।
पीडित किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी रावतका अनुसार पीडित किशोरी र उनका परिवारले ती पुरुषले जबरजस्ती करणी गरेको आरोप लगाएका छन्।
प्रहरीले हाडनाता सम्वन्धि करणी भएकाले आरोपित पुरुषको नाम भने गोप्य राखेको छ ।