राज बोगटी–धनगढीःडोटीको पूर्वीचौकी गाउँपालिका ६ मा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। दीपावलीको अवसरमा गाँजरी युवा सञ्जालको आयोजनामा कार्तिक ९ गतेदेखि ११ गतेसम्म वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो।
वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने भएकाले पूर्वीचौकी गाउँपालिका भित्रका खेलाडीले मात्रै सहभागी जनाउन सक्नेगरी खेल आयोजना गरेको चक्र कुँवरले बताए।
प्रतियोगिताको विजेताले नगद २१,५ ०० प्राप्त गर्नेछन् भने दोस्रो हुनेले नगद ११,५०० प्राप्त गर्नेछन् त्यस्तै तेस्रो हुनेले ५,५ ०० प्राप्त गर्ने भएका छन्।
खेल अवधिभर कुनै पनि किसिमको विवाद तथा समस्या आएको खण्डमा आयोजकको निर्णय अन्तिम निर्णय हुने आयोजकले जनाएको छ। त्यस्तै खेलाडीहरूले टिम दर्ता शुल्क ३५०० तिर्नुपर्ने भएको छ।


